Rule 132
अवकाश सम्बन्धी विशेष व्यवस्था
शारीरिक अस्वस्थताको कारण सामुदायिक विद्यालयको कुनै शिक्षक अध्यापन गर्न असमर्थ छ भनी नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेमा त्यस्तो शिक्षकलाई पाँच वर्ष सम्म सेवा अवधि थप गर्दा निवृत्तभरण पाउने अवस्था पुग्ने रहेछ भने त्यस्तो शिक्षकलाई बाँकी अवधि थप गरी मन्त्रालयले अवकाश दिन सक्नेछ ।